खेलकुद पत्रकार मञ्चलाई फुटसल उपाधि
धरान | चैत २५, २०८०
पोखरा: नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले मैत्रीपूर्ण फुटसलको उपाधि जितेको छ । विश्व खेलकुद दिवसको अवसरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेश शाखाले आयोजना गरेको मैत्रीपूर्ण खेल मञ्चले जितेको हो ।
शनिबार अमरसिंह फुटसलमा भएको फाइनल खेलमा पोखरा संगीत समूहलाई ५–२ गोल अन्तरले पराजित गर्दै पत्रकारको टिमले उपाधि जितेको हो । पत्रकारको जितमा निकोलस गुरुङले ह्याट्रिक पूरा गरे । अर्जुन गाहा ‘सुशान्त’ र प्रवेश पोखरेलले १÷१ गोलको योगदान दिए । संगीत समूहको तर्फबाट विश्वास गुरुङ र रविन गुरुङले गोल गरेका थिए ।
उपाधि जितेको पत्रकारको टिमले कुखुराको भाले, सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । उपविजेता बनेको संगीत समूहले पनि कुखुरा, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
त्यसअघिको सेमिफाइनलमा पत्रकार मञ्चले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्कीलाई ८–२ गोलअन्तरले पराजित गरेको थियो भने, संगीत समूहले आयोजकलाई १३–३ गोलले हराउँदै फाइनल पुगेको थियो ।
विजेता खेलाडीलाई संस्थाका सल्लाहकार तथा पोखरा महानगरका वरिष्ठ कानुन अधिकृत नारायणप्रसाद शर्मा, केन्द्रीय प्रशासन सचिव जीवन दाहाल, केन्द्रीय सचिव शंकर विरही गुरुङ, कन्द्रीय पूर्र्व उपमहासचिव चोलेन्द्र पौडेललगायतले पुरस्कार वितरण गरेका थिए ।
पोखरा: राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गण्डकी प्रदेश प्रमुखसमक्ष आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गरेको छ । आयोगका कार्यवाहक अध्यक्ष जुद्ध बहादुर गुरूङले शुक्रबार प्रदेश...
पोखरा: धौलागिरी युवा क्लब तथा धौलागिरी हेमजा मगर समाज, पोखरा–२५ हेमजा म्याग्दी चोकको आयोजनामा तेस्रो माघे सक्रान्ति मेला–२०८२ बिहिबार देखि शुरु भएको छ । हेमजाको फुर्केट...
काठमाडौं: महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा कार्यक्रममार्फत उपचार सेवा बन्द गरेको छ। अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले आजदेखि स्वास्थ्य बिमामा...

